काठमाण्डाै, १८ फागुन । नेकपा एमालेका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यालय बसुन्धरा पुगेका छन् । राष्ट्रपतिमा पार्टी उपाध्यक्षसमेत रहनुभएका सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरू बिहीवार दिउँसाे रास्वपा पार्टी कार्यालय पुगेका हुन् । रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरूसँगकाे भेटमा एमाले नेताहरूले नेम्वाङकाे पक्षमा मतदान गर्न आग्रह गरेका छन् । भेटमा एमालेबाट राष्ट्रपति उम्मेदवार नेम्वाङसहित…