बुटवल, २० माघ । बुटवल उपमहानगरपालिकाका भित्रका स्थानीयले रगत निःशुल्करुपमा पाउने भएका छन् । उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग बिहीबार सम्झौता गरी नगरवासीलाई निःशुल्क रगतको व्यवस्था गरेको हो । नगरप्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उक्त सम्झौतामा हस्ताक्षर गर्दै बुटवल नगरवासीलाई रगत निःशुल्क उपलब्ध गराउने बताए । सम्झौतामा रगत उपलब्ध गराउन…