पुस २८, एजेन्सी ।अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । हिजो बेलुका बम विस्फोट भएको हो । अफगानी सुरक्षा निकायले भने अहिलेसम्म पाँच जनाको मात्रै ज्यान गएको पुष्टि गरेको समाचार संस्था अल जजिराले जनाएको छ । तालिबान सरकारले हताहतको सङ्ख्यालाई…