कपिलवस्तु ३० जेठ । एथलेटिक्सका किर्तिमानी राष्ट्रिय खेलाडी तुलसीराम थारु एकाएक सिकिस्त विरामी भएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बन्डिहुली घर भएका उनको स्वास्थ्यमा अचानक समस्या आएपछि रातारात एम्बुलेन्स मार्फत् काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा ल्याएर भर्ना गरिएको छ । उनका दाजु प्रभु थारुका अनुसार तुलसीरामको शरीरमा सेतो रगत निकै कम देखिएको छ ।…