भैरहवा २५ भदौ ।दशैं नजिकिँदै गर्दा स्थानीयहरू सीमापारि सुनौली बजारमा सामग्री किनमेलका लागि जानेक्रम बढेको छ । नेपाली बजार महँगो भन्दै सस्तो पाइने आसमा स्थानीयहरू सीमापारि जानेगरेका छन् । दशैंका लागि कपडा किन्न सुनौली पुग्नुभएकी पाल्पाकी समिता दवाडीले सस्तो पाइने भएकाले सुनौलीमा आएको बताउनुभयो । विगत वर्षभन्दा यस पटक सुनौलीमा पनि महँगी बढेको उहाँले अनुभव…