काठमाडौं १३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका छन् । माओवादी केन्द्रको काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यसमाथि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत छोटो…