काठमाडौं २५ मंसिर । काँग्रेसको १४ महाधिवेशनको बन्दसत्र सकिएको छ। रामचन्द्र पौडेल पक्षका नेताहरुको सहभागिताबिनै बसेको बन्दसत्र राति १० बजे सम्पन्न भएको हो। बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश भएकामा सबै पारित भएका छन् । यसैगरी बन्द सत्रमा १४ औँ महाधिवेशन तयारीका क्रममा काँग्रेस केन्द्रीय कार्यसमितिको…