सिन्धुपाल्चोक २५ पुस । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफूमाथि विश्वास र भरोसा गरेका जनतालाई धोका नदिने बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडानम्बर २ मा शनिबार आयोजित मिलिजुली मातृशिशु बचत तथा ऋण सहकारीको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभामुख सापकोटाले आफू प्राणको बाजी लगाउन तयार रहेको तर जनतालाई धोका नदिने बताए ।…