सिरहा २२ पुस । परालले छाएको सानो छाप्रो, जुन शीत र हावा छल्न नसक्ने खालको छ। छाप्रोभित्र खिइसकेको पातलो सुकुल ओछ्याइएको छ। यो सिरहाको कल्याणपुर नगरपालिका–१ मटिअर्वाकी ६० वर्षीया पल्टीदेवी सदाको ओछ्यान हो। गत वर्ष शीतलहरमा सोही ओछ्यानमा कठ्यांग्रिएर उनका पति पनेलालको मृत्यु भएको थियो। यसै ओछ्यानमा कठ्यांग्रिएर बुधबार बिहान पल्टीदेवीको पनि मृत्यु भयो। शीतलहरसँगै…