काठमाडौं, ३ भदौं । एमाले विभाजनको निर्णायक मोडमा वरिष्ठ नेता माधव नेपाललाई दोस्रो पुस्ताका नजिकका नेताले साथ नदिइरहेका बेला एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने भएका छन् ।पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने घोषणा गरेका हुन् ।…