काठमाण्डौ २३ चैत्र । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको खनाल–नेपाल पक्षको अनेरास्ववियु र नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घले सोमवार काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् ।अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले बबरमहलमा रहेको नेपाल नेपाल आयल निगमको कार्यालय अगाडि र नेविसङ्घ आबद्ध विद्यार्थीहरूले त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका हुन् ।त्रिचन्द्र कलेज अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको…