अर्घाखाँची १० कार्तिक । अर्घाखाँचीको सितगंगा नगरपालिकाले गएको वर्षदेखि लागू गरेको उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमले किसान उत्साहित बनेका छन् । नगरपालिका ४ की रमा पाण्डेले एक वर्षमा दुई हजार तीन सय किलो लोकल कुखुरा बिक्री गरेर १३ लाख ८० हजार रुपैयाँ आम्दानी गर्नुभयो । गएको वर्ष साढे पाँच लाख रुपैयाँ आम्दानी गर्नुभएकी उहाँले यस वर्ष…