काठमाडौं १४ साउन । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो । मंगलबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।