रुकुमपश्चिम, २३ साउन । गाउँपालिकाको २५ लाख रुपैंयाँ हिनामिना गरेको आरोपमा रुकुमपहिचमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका छन् ।बिहीबार राति गाउँपालिकाको कार्यालयमा हिनामिना गरेको रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।लेखापाल केसीले सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गरेको आरोपमा उनीसहित लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा…