अर्थ-वाणिज्य

बिवाद मुक्त बिपदकोष : २ करोड बढी संकलन डेढ करोड वढी खर्च



कपिलवस्तु ७ असोज शिवराज नगरपालिकाको बिपद ब्यवस्थापन कोषको आम्दानी र खर्चको विवरण बैठकले अनुमोदन गरेकोछ । जसका आधारमा विपद कोषमा अझै करिव ५० लाख रकम बचत रहेको छ । नगरपालिकाको हालै  बसेको विपत व्यवस्थापन समितिको बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागी असार मसान्त सम्म १ करोड ६७ लाख ७८ हजार २८ रुपैया खर्च भएको विवरण नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी गराउनु भएको थियो ।यता नगरपालिकाको विपत व्यवस्थापन कोषमा हाल सम्म रु. २ करोड १६ लाख ४ हजार ३ सय १७ रुपैया जम्मा भएको र सोही कोषबाट खर्च भइरहेको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बैठकमा विवरण पेश गर्नु  भयो ।

    खर्च तर्फ  सुरक्षा सामाग्री र औषधी खरिदमा २३ लाख ७८ हजार २ सय २५, क्वारेन्टाइन व्यवस्थापन,खाना,सयन कक्षमा ६८ लाख, ६२ हजार ९ सय ७०, राहत सामाग्री ६९ लाख ४० हजार ४ सय १३ र अन्य शिर्षकमा  ५ लाख ९६ हजार ४ सय २० रुपैया खर्च भएको वताइएकोछ ।  कपिलवस्तुको शिवराज नगरपालिका कोभिड १९ कोरोना रोकथाम र नियन्त्रणमा शुरुदेखि नै ब्यवस्थित रुपमा कृयासिल छ । ३० बेड क्षमताको कारोना विशेष अस्पतनल समेत बनाएर चलाएको नगरले कोरोना महामारीको ६ महिना सम्म विभिन्न स्थानवाट  आएका २ हजार ६ सय ५१ जना लाई क्वारेन्टाइमा राखि कोरोना परिक्षण समेत गरेको छ ।

    नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा गत चैत्र १० गते देखि असोज ४ गते सम्म २ हजार ६ सय ५१ जनालाई राखिएको छ । जसमा पुरुष २ हजार १ सय ८८ जना महिला ४ सय ६३ जना रहेको अधिकृत पौडेलले प्रेसपाटीलाई बताउनु भयो । कोरोना संक्रमण भई नगरले संचालन गरेको आइशोलेशन अस्पताल र जिल्ला बाहिर भर्ना भई उपचार भएका नगरका जम्मा संक्रमितको संख्या १ सय ३५ जना रहेका छन् । संक्रमित हुनेमा महिला २० जना र पुरुष १ सय १५ जना रहेका छन । संक्रमित मध्ये १ जना पुरुषको मृत्यु भएको छ । कोरोना परिक्षणमा नगरले हाल सम्म पिसिआर विधिबाट २ हजार ६ सय ६३ जना र आरटिडि विधि बाट ८ सय ५१ जनाको कोरोना परिक्षण गरिएको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईको भनाइछ । १ सय २८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन । हाल ६ जना संक्रमितको उपचार भइरहेको भट्टराईले  जानकारी दिनु भयो ।

        अब संक्रमित मुलक वा वाहिरी जिल्लाबाट आउने नगरका नागरिकहरुले आफ्नो वडाको वडा अध्यक्षसंग संमन्वय गरी होम क्वारेन्टाइन बस्नु पर्ने निर्णय गरेको छ । होम क्वारेन्टाइमा बस्दा कुनै लक्षण देखिएमा स्वास्थ्य कर्मिलाई सम्पर्क गरी कोरोना परिक्षण गर्ने र पोजेटिभ देखिएमा नगरपालिकाले संचालन गरेको आइशोलेशनमा राख्ने निर्णय भएको नगर प्रमुख नेत्रराज अधिकारीले प्रेसपाटीलाई बताउनु भयो । मेयर अधिकारीले स्वास्थ्यकर्मी सुरक्षाकर्मी र पत्रकारवाट नगरले उचित समन्वय र सहकार्यको महशुस गरेको वताउनु भयो । यता प्रदेश ५ का सांसद अर्जुन केसीले कपिलवस्तुका शिवराज नगरपालिका र विजयनगर गाउपालिकाले कोरोना नियन्त्रणमा खेलेको भूमिका अत्यन्तै सह्रानिय रहेको औल्याउनु भयो । 

प्रकाशित : ७ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६