नवलपुर ६ असार । पूर्वीनवलपरासीका किसानले उत्पादन गरेका लाखौँ मुल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । लामो समयको लकडाउन केही खुकुलो भएपनि यहाँ उत्पादन भएको तरकारी जिल्ला बाहिर ढुवानी हुन नसक्दा कृषक चिन्तित बनेका छन् । जिल्लामा उत्पादन हुने अधिकांश तरकारी नेपालगञ्ज, नारायणगढ, बुटवल, पोखरा, काठमाडौँलगायतका शहरमा बिक्री हुँन गर्दथ्यो । लकडाउन…