चन्द्रौटा ५ साउन ।मलको अभाव भएपछि कपिलवस्तुका किसानहरुले मल पाउनुपर्ने माग गर्दै प्रशासन कार्यलय पुगेका छन् । समयमै मल नपाउँदा किसानले रोपेको धान खेतमै मर्न थालेको भन्दै आवश्कता अनुसार मल किसानहरुलाई सरकारले पु¥याइदिनुपर्ने उनीहरुको माग रहेको छ । आईतवार जिल्लाका किसानहरुले ईलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत कृषि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । कोरोनाका कारण किसानहरु…