देउखुरी २० चैत । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको बताए । केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको…