बुटवल ४ कार्तिक । बुटवल उपमहानगरपालिकाले भेन्टिलेटर र आइसियूका बेड थप गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ । जुनसुकै उमेर समूहको संक्रमितलाई पनि आइसियू र भेन्टिलेटर आवश्यक परेका बेला उपमहानगरपालिकाले यस्तो आग्रह गरेको हो । उपमहानगरको ६८ औं कार्यपालिका बैठक बसेर जनस्वास्थ्यमा थप संवेदनशील बन्न प्रदेश सरकारलाई आग्रह गर्दै सहकार्य र समन्वयका लागि हरदम तत्पर…