अर्थ-वाणिज्य

बिन्दुले हराएको ११ तोला सुनका गहना प्रहरीले फेला पारयो



बुटवल १३ कार्तिक।हराएको ११ तोला सुनका गहना प्रहरीको खोज तलासवाट  फेला पर्नु र स्वयम गहनाधनीले फिर्ता पाउनु चलचित्र क्षेत्रको रोचक दृष्य त धेरैले देखेकै हुनु पर्छ तर बुटवलमा वास्तविक जीवनमा यस्तै घटना भएको छ । प्राप्त विवरणअुनसार   बुधबार साँझ बुटवलबाट हराएको ११ तोला सुनका गहना बुटवल प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक नुरराज सारुको कमाण्डमा खटिएको टोलीले बुटवल–७ बसपार्कमा कपडाको झोलासहित ११ तोला सुनका गहना फेला पारेको हो ।

    कपिलबस्तुबाट बुटवल आउने क्रममा सैनामैना नगरपालिका–४ की विन्दु पोखरेलको झोला बुटवलको भुड्कीचोकबाट हराएको थियो । झोला हराएपछि उनले प्रहरीमा निवेदन दिएकी थिइन् ।निवेदनका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो । फेला परेको सुनका गहना सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतित सिंह राठौरले बताए ।हराएको सुनका गहना पाउँदा पोखरेलको मुहारमा खुशी छाएको थियो । पोखरेलले हराएको गहना फेला पार्ने प्रहरीलाई धन्यवाद दिँदै खुशी व्यक्त गरेकी थिइन् ।

प्रकाशित : १३ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६