काठमाडौं, २२ मंसिर । ओमिक्रोन भेरियन्टबाट संक्रमित देखिएका दुईजना संक्रमणमुक्त भएका छन् । हिजो मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ वर्षका विदेशी र ७१ वर्षका नेपाली नागरिक दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको…