कपिलवस्तु १७ जेठ ।कपिलवस्तु वाँणगंगा नगरपालिका ११, देउवापारमा कोरोना भाइरस संक्रमणले एक सातामा बाबुछोराको मृत्यु भएको छ । ७० वर्षे बाबु घिसावन थारुको शनिबार राति मृत्यु भएको हो । उनको घरमै मृत्यु भएको वाणगंगा नगरपालिका स्वास्थ्य शाखा संयोजक ठगराज पौडेलले बताए । उनका ४० वर्षे छोरा किसुनको गत जेठ १० गते संक्रमणले मृत्यु भएको थियो…