शिक्षा

प्रसूति सेवामा असी प्रतिशत गिरावट दोस्रो लहरमा सोह्र सुत्केरी



बुटवल 3 जेठ ।औसत दैनिक पचास देखि एकसय जनाको परसुती सेवा संचालनमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अहिले दैनिक 15 देखि 20 जना मात्र आउने गरेकाछन। यता कोभिड १९ को दोस्रो लहर सुरु भएपछि १६ जना संक्रमित महिलाले सल्यक्रियाबाट बच्चा जन्माएका छन्। अस्पतालमा कुल २४ संक्रमित महिला सुत्केरी भएका छन् । जस मध्ये ८ जना मात्र नर्मल डेलीभरी भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । त्यस बाहेक गर्भाअवस्थासँग सम्बन्धीत अन्य समस्या(गर्भपतन, रक्तश्राप लगायत) भएर आएका चार जना रहेका छन्।

रुपन्देहीमा अहिले प्रादेशिक अस्पतालमा मात्र संक्रमित गर्भवतीको सल्यक्रिया गरिन्छ । संक्रमित महिलाको प्रसुती सेवाको लागि अस्पतालले छुट्टै व्यवस्था गरेको छ । ‘ठाउँ छ छुट्टै छ । संक्रमितको लागी पिपिइ लगाएर काम गर्छौ।’ सर्जन समेत रहेका अस्पतालका सूचनाअधिकारी डा. गौतमले भने। 

कोरोनाको पहिलो लहर हुँदा सुरुमा अस्पतालले संक्रमित महिलालाई भर्ना लिन मानेको थिएन। प्रादेशिक अस्पतालले भर्ना नलिदाँ बुटवल नहरपुरकी महिलाले नेपालगञ्ज पुगेर सल्यक्रियाबाट बच्चा जन्माउनुपरेको थियो । २०७७ भदौं १५ गते अस्पतालमा पहिलो पटक संक्रमित गर्भवतीको सल्यक्रिया सुरु भएको थियो। 

निषेधाज्ञापछि प्रादेशिक अस्पतालमा सुत्केरी हुने संख्यामा पनि निकै कमी आएको छ । सामान्य समयमा दिनमा ५० देखी सय जनासम्म प्रादेशिक अस्पतालमा सुत्केरी हुने गरेका थिए। निषेधाज्ञा सुरु भएयता १५ देखी २० जनाले मात्र अस्पतालमा बच्चा जन्माउने गरेको डा. गौतमले बताए।

निषेधाज्ञामा यातायातको असहजताले नर्मल डेलिभरी हुनेहरु अस्पतालसम्म कमै आउने गरेका छन्। धेरै जसो पालिका स्तरमै खुलेका बर्थिङ सेन्टरमा जाने गरेको स्वास्थ्य कार्यालय रुपन्देहीकी पब्लीक हेल्थ नर्स कालिका पाण्डे भण्डारीले बताइन्। ‘अरु अस्पतालमा पनि नर्मल डेलिभरीका लागि खासै आएका छैनन्, एक त यातायातको असहजता भयो। अर्को तर्फ कोभिडको कारण हो।’ उनले भनिन ‘अस्पतालको भिडमा जानु भन्दा बर्थिङ सेन्टरमा सुरक्षित मान्छन्।’ रुपन्देहीमा २५ वटा बर्थिङ सेन्टर रहेका छन्।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६