काठमाडौं ६ बैशाख। केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ ।कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार चार अंकमा पुगेको छ । केही दिनयता संक्रमणदर अत्यधिक रूपमा बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ…