स्वास्थ्य

नयाँ भेरियन्ट अत्यधिक रूपमा समुदायस्तरमै बढ्दै



काठमाडौं ६ बैशाख। केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ ।कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार चार अंकमा पुगेको छ । केही दिनयता संक्रमणदर अत्यधिक रूपमा बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ३५ जना छन् । काठमाडौंमा ३ सय २६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

संक्रमण ह्वात्तै बढेलगत्तै चिकित्सकले सतर्क र सजग रहन आग्रह गरेका छन् । नेपालमा हाल यूके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्ट देखिएका छन् । यी भेरियन्ट पहिलेको स्वरूपभन्दा छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी संक्रमण हुने पाइएको छ ।आजको राजधानीमा खबर छ ।कतिपय बालबालिकामा लक्षण नदेखिए पनि रोग भएको भए अन्य व्यक्तिमा सार्न सक्ने बताइएको छ ।

विश्वका कतिपय देशमा बालबालिकामा बिरामीको समयभन्दा पनि रोग लागेको चारदेखि ६ सातापछि मल्टिसिस्टम इन्फ्लाममेटरी सिन्ड्रम इन चिल्ड्रेन एमआईएससी भई बच्चा सिकिस्त हुन सक्ने बाल रोग विशेषज्ञहरू बताउँछन् । चिकित्सकहरूका अनुसार एमआईएससीको लक्षणमा ज्वरो, कडा झाडापखाला, बढी पेट दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने, मुटुमा समस्या देखिने नयाँ भेरियन्टका लक्षण रहेका छन् ।राजधानीमा खबर छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना जोखिम बढेको भन्दै यसको चपेटामा बालबालिका रहेको बताए । उनले भने, ‘भाइरसले कोर्स चेन्ज गरेको छ । बालबालिकासहित सबै उमेर समूहका नागरिक चपेटामा परेका छन् । बालबालिकाप्रति सरोकारवाला निकाय संवेदनशील हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमणबाट बच्न भौतिक दूरी कायम, मास्कको समुचित प्रयोगलाई ध्यान दिनुपर्ने बताए

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६