बुटवल २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ । रक्तचाप बढेका कारण धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचारारत रहनुभएका उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ ।“उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ…