काठमाडौं, ३० मंसिर । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।पहिलो खोप एक नर्सलाई लगाउँदै सोमबारबाट अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियानको थालनी गरिएको हो । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको लडाईंमा पहिलो पंक्तिमा खटिएकाहरुलाई खोप लगाइने अधिकारीहरुले जनाएका छन् ।बीबीसीका अनुसार न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाएर कोरोनाविरुद्धको अमेरिकी खोप अभियान थालिएको हो…