पर्सा २७ साउन । पछिल्लो २४ घण्टामा दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमा २२ महिला र अरू पुरुष छन् भने ३ वर्षदेखि ७६ वर्षसम्मका…