काठमाडौं ११ माघ। कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ ।आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियान उद्घाटन गर्नेछन् ।मन्त्री त्रिपाठीले कुनै राजनीतिक…