पोखरा २८ असार । गण्डकी प्रदेशमा १५ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई दुईजना, नवलपुर बर्दघाट सुस्तापूर्व, स्याङ्जा र…