असार १९,रुकुम पश्चिम – रुकुम पश्चिमको ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर गाउँमै भिडियो एक्सरेमार्फत गर्भ जाँच गरिएको छ । सानीभेरी गाउँपालिकाको विभिन्न चार ठाउँमा एक सय ६ महिलाको गर्भ जाँच गरिएको हो । नियमित गर्भ जाँच गर्नबाट वञ्चित रहेका महिलाहरूलाई लक्षित गरेर गाउँमै सेवा दिइएको हो ।ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत सानीभेरी गाउँपालिका १ को चाईनाबगरमा…