बुटवल १ असोज ।बिपदको समयमा सञ्चार माध्यम र पत्रकारले गर्ने रिपोर्टिङमा अझै निखारता ल्याउनको लागि रुपन्देहीमा २ दिने क्षमता अभिबृद्धी तालिम शुरु भएको छ। आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको आयोजनामा शुक्रवारबाट लुम्बिनी प्रदेशका पत्रकारहरूलाई रुपन्देहीको तिलोत्तमामा तालिम प्रदान शुरु गरिएको हो।तालिमको शुभारम्भ गर्दै आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले सञ्चार क्षेत्र संबेदनसिल…