काठमाण्डाै २७ चैत - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार आज वाग्मती, गण्डकी, मधेस प्रदेशका पूर्वी क्षेत्र र प्रदेश-१ का केही ठाउँमा बेलुकीपख पानी पर्ने अनुमान छ । यी क्षेत्रमा बेलुकीपख हल्का वर्षासँगै मेघगर्जन र चट्याङ्गसमेत पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो…