काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई हराएको छ । घरेलु मैदानमा बर्नली ४–० गोल अन्तरले पराजित भयो । चेल्सीका काइ हाभर्टजले दुई तथा रिस जेम्स र क्रिस्टियन पुलिसिसले एक/एक गोल गरे । सबै चार गोल दोस्रो हाफमा भएको थियो । जितसँगै चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा पुगेको छ। उसको ३६ खेलमा ५३ अङ्क छ…