बुटवल २८ कार्तिक । नेकपा एमालेको दशौ महाधिवेशनका प्रतिनिधीहरु छनौट गर्दा आरक्षीत कोटा बाहेक महिलाहरुले उम्मेदवारी दिने हिम्मत नगरेका कारण सक्रिय राजनितीमा रहेका महिलाहरु समेत प्रतिनिधी हुनबाट बञ्चित भएका छन्।प्रतिनिधी छनौटका लागि मनोनयन गर्दा नै सबै महिला नेतृहरुले महिलाका लागि छुट्याएको आरक्षीत कोटामा मात्रै उम्मेदवारी दिएपछि पार्टीमा काम गरेका तर पहुच स्थापीत गर्न नसकेका महिलाहरु पछाडी पर्नु…