काठमाडौं, ९ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १ जेठमा १३ देशका नेपाली राजदूतसँग भर्चुअल संवाद गरेका थिए ।उनले खोप, अक्सिजनलगायत स्वास्थ्य सामग्री, औषधि अनुदानमा जुटाउन राजदूतहरूलाई निर्देशन दिएका थिए । बैठकमा चीन, अमेरिका, बेलायत, जापान, फ्रान्स, जर्मनी, बेल्जियमलगायत देशका राजदूत सहभागी थिए ।परराष्ट्रमन्त्री ज्ञवालीले खोप, अक्सिजन सिलिन्डर, स्वास्थ्य उपकरण अनुदानमा प्राप्त गर्ने प्रयासका लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा छलफल…