अर्घाखाँची २६ जेठ । अर्घाखाँचीमा सोमबार एकैसाथ धेरै संक्रमित थपिएका छन् । एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका डा. कपिल गौतमले प्रेसपाटीलाई जानकारी दिनु भयो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१…