कपिलवस्तु ११ वैशाख ।कपिलवस्तु जिल्लामा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारको क्रममा विहिवार सम्म ८ सय ५८ जनाको रयापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ । यसमध्ये सबैभन्दा बढी १० स्थानीय तह मध्ये महाराजगंज नगरपालीकामा २ सय १२ जनाको आरडिटी परीक्षण गरिएको छ । जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकामध्ये ८ सय ५८ जनाको कोरोना भाइरस (आरडिटी) रिपोर्ट…