सूचना र प्रविधि

सचिवालयवाट प्रदेश ५ सरकारले पायो साढेआठ करोड,कोभिड विरुद्ध खर्च हुने



रुपन्देही ३ बैशाख प्रदेश नंं ५ प्रदेश सभा सचिवालयले प्रदेश सरकारबाट प्राप्त साढे आठ करोड बढि रकम फिर्ता गरेको छ । कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सहयोग होस् भन्ने उद्देश्यले फिर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार प्राप्त ८ करोड ६४ लाख ३२ हजार रुपैया आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको हो ।पूर्वाधार विकास, अवलोकन भ्रमण, कार्यालय खर्च, सामान खरिद लगायतका विभिन्न शिर्षकको बजेट कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई नै फिर्ता गरिएको प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तिले जानकारी दिए ।

            चालु आर्थिक वर्षमा प्रदेशसभा सचिवालयलाई ३४ करोड हाराहारी बजेट विनियोजन भएको थियो । अहिले कोरोनाको महामारी फैलिएको र त्यसको नियन्त्रण पहिलो प्राथमिकतामा रहेकोले रकम फिर्ता गरिएको हो ।यसअघि प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरु र प्रदेशसभा सचिवालयका कर्मचारीहरुको पारिश्रमिक मध्येबाट २३ लाख ३० हजार रुपैया प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रदान गरिसकेको छ ।

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६