कपिलवस्तु १ चैत ।१० महिनाअघि ८ दलकोे समर्थन पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अहिलेसम्म सरकारलाई पूर्णता दिएका छैनन् । तर, केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनी अल्पमतमा परिसकेका छन् । सत्तारुढ दल र नेपाली कांग्रेसभित्रको किचलो मिलाउन नसकेका कारण लामो समय मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिन सकेनन् । प्रदेशसभाका विषयगत समितिले समेत नेतृत्व पाउन सकेको…