लुम्बिनी २३ बैशाख । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी शनिबारदेखि लुम्बिनीमा सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा आयोजित दुई दिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ गाङग्ले विश्वमा बौद्ध शिक्षाको महत्व बढ्दै गएको बताए । उनले बुद्धको शिक्षालाई आत्मसाथ गर्न सके जस्तोसुकै कठिनाई पार गर्न…