काठमाडौं २७ माघ । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ। उत्तराखण्डको आपतकालीन परिचालन केन्द्रकाअनुसार १ सय ७१ जना बेपत्ता छन् । चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार हिमताल विस्फोट हुँदा धौलीगंगा र अलकनन्दा नदीमा बाढी आएको थियो। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले उद्धार कार्य रातभर जारी रहेको बताएका छन्।…