काठमाण्डौ २१ फागुन । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरूले प्रदर्शन गरेका छन् । म्यानमारमा भएको नरसंहारको विरोधमा शुक्रवार नागरिक अगुवाहरूले ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरमा ललितपुरमा रहेको म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका नागरिकको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय…