राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताएकी छिन्। रौतहटको माधव नारायण नगरपालिका–३ मा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गर्दै उनले स्व गजेन्द्रनारायण सिंहको सपना साकार भएको स्मरण गरिन्। राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनमा सिंहको अग्रणी भूमिका रहेकाले उनकै…