अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा रहेको एक सिरक डसना उद्योगमा आगलागी भएको छ । सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज मङ्गलवार दिउँसो आगलागी भएको हो । आगलागीबाट झन्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मरबहादुर थापाले जानकारी दिनुभयो । आगलागीबाट दुई वटा मेशिन, एउटा जेनेटर, सिरक डसना…