मकवानपुर 24 बैशाख। समुदायस्तरमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ ।नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताए।“हाल नगरपालिकाभित्र छ वटा एम्बुलेन्स सञ्चालनमा छन्, नगरमा कोरोना संक्रमणको दर बढ्दै…