कपिलवस्तु, २१ असार परम्परागत नेपाली कला, संस्कृति र मौलिक बाजाको संरक्षण गर्दै महिलालाई सीपयुक्त र आत्मनिर्भर बनाउने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित नव प्रभात सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको नौमती बाजा, हार्मोनियम, मुरली तथा मादल सम्बन्धी १५ दिने सीप विकास तालिम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।असार १५ गतेदेखि शुभारम्भ भएको उक्त तालिममा ३५ जना…