ब्रेकिंग न्युज

‘एक मुट्ठी भोक’ सार्वजनिक



भद्रपुर (झापा), ३ साउन

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाउने सन्दर्भमा शनिबार चन्द्रगढीमा देवेन्द्रकिशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ लोकार्पण भएको छ । नेपाली साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा समालोचक गङ्गाप्रसाद अधिकारीले उक्त कविता सङ्ग्रह विमोचन गर्दै कवि ढुङ्गानाले समाजमा व्याप्त कुरीति र अन्यायविरुद्ध प्रतिरोध गर्नुभएको बताउनुभयो । साहित्यकार चूडामणि वशिष्ठले श्रमजीवी समुदायका पीडा, अभाव र मानवीय संवेदनालाई जीवन्त रूपमा कवितामा व्यक्त भएका बताउनुभयो । ढुङ्गानाको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘तुँवालोले ढाकेको आकाश’ लघु उपन्यास पाठकमाझ आइसकेको छ ।

प्रकाशित : ३ श्रावण २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६