कात्तिक १७, बाणगंगा बाणगंगा नगरपालिका–५, कपिलवस्तुको लक्ष्मणघाटस्थित शिव मन्दिर हाल धार्मिक आस्था र पर्यटन दुवैका दृष्टिले आकर्षक गन्तव्य बनेको छ। बाणगंगा नदीको किनारमा रहेको यो मन्दिर लक्ष्मणघाट बाँध नजिकैको विस्तृत र रमणीय क्षेत्रमा अवस्थित छ। मुख्य प्रवेशद्वारबाट प्रवेश गर्दा सानो पोखरीको बीचमा स्थापित भगवान् शिवको विशाल मूर्तिले सबैको ध्यान आकर्षित गर्छ। उक्त मूर्तिलाई चारैतिरबाट सुन्दर…