कोरोना कहर जता हेर्छु, भुवन सन्त्रस्त भैदियो,आर्तनादमा आत्मा रोयो, खुशी कुन्ठित रहिदियो।चाइना देखि उदाएको ,द्रुतमार्ग लिदै गयो,विश्व भ्रमण खोजीराछ ,क्रुर पापी अधर्मी यो।पवनसरी फैलिदियो, मनुष्य कठै अमुक रहे,क्षोभ लाग्दो कथा अहो१ लाखौं जन आहत भए।दौडोगति लिइ सारै ,साँच्चीकै पवनै सरी,विज्ञान पछि लागिकन ,दौडिदैछ कसै गरी।तरङ्गित छन् भ्रम कतै,हृदय चिरी फैलिरहे,भोकको कहरमा कतै ,श्रमिक,गरिब तड्पिरहे।योद्धा भए…